LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

आज सुनको मूल्य बढ्यो

माघ ३०,डेस्क। माघको अन्तिम दिन २७ सय रुपैयाँले घटेको सुनको मूल्य फागुनको पहिलो दिन २३ सय रुपैयाँले बढेको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको तोलामा २३ सय रुपैयाँ बढ्दा चाँदी तोलामा ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो।

यस्तै बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर