LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

जनकपुरधाममा भि एक्स एल एजुकेशनको शाखा उद्घाटन

माघ २६,धनुषा। जनकपुरधाम स्थित बजरंग चोकमा भि एक्स एल एजुकेशनको नयाँ शाखा सञ्चालनमा आएको छ। आज (शनिवार) भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशको माननीय मन्त्रि सरोज कुमार यादवले रिवन काटेर कन्सलटेन्सीको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्रि यादवले शिक्षा र सीप सिकेर नेपालमै योगदान गर्नुपर्नेमा जोड दिए। साथै शुभकामना दिदै जनकपुरधाममा सेवा बिस्तार गर्दा ब्यापार व्यबसायलाई थप सहयोग पुग्ने बताए । भि एक्स एल एजुकेशन जनकपुरधामको डाइरेक्टर मणिचन्द शाहले सही मार्गदर्शनद्वारा विद्यार्थीलाई उचित परामर्श दिनुपर्नेमा हाम्रो बिशेष जोड रहेको बताए।

काठमान्डौमा मुख्य कार्यालय रहेको भि एक्स एल एजुकेशनले काठमाडौँसहित विभिन्न शहरहरूबाट सेवा दिँदै आएको छ। युरोप,बंगलादेश,इन्डिया,क्यानाडा,यूके, अस्ट्रेलिया, अमेरिकालगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने उद्देश्यले जनकपुर शाखा स्थापना गरिएको हो।

उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने उद्देश्यसहित शाखा सञ्चालनमा आएको भि एक्स एल एजुकेशनका शाखा प्रमुख मणिचन्द साहले बताए ।

विद्यार्थीहरुलाई दक्ष प्रशिक्षकद्वारा अन्तरराष्ट्रिय स्तरको आईएलटिएस, पिटीई कक्षा सन्चालन गरिने कन्ट्री म्यानेजर राजेन्द्र लेखकले जानाकारी दिए । विद्यार्थीहरु अस्ट्रेलिया र श्रीलंका पुगिसकेपछि कुनै सहयोग चाहिँएमा त्यहाँबाट पनि सहयोग गरिने उनको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित खवर