LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

किसानहरुको मलको समस्या समाधानमा “उचित जैविक उद्योग” को अग्रता

भाद्र २४,जनकपुरधाम । नेपालमा विभिन्न किसिमको मलको प्रयोग गरि माटोको उर्वारा शक्ति विनास भैरहेको बेला नेपालमै जैविक मलको उत्पादन सुरु भएको छ। ‘उचित जैविक उद्योग’ ले नेपालमै जैविक मल उत्पादन सुरु गरेको हो ।

विभिन्न समयमा मल अभावले नेपाली किसान आक्रान्त हुने गरेका छन्। तर, विभिन्न देशबाट आयात गरिएका मल प्रयोगले नेपाली माटो बिगारेको, उत्पादन शक्तिमा ह्रास आएको, अम्लियपन बढेको लगायत समस्याको पनि चर्चा हुँदै आएको छ।

यस्तै समस्या समाधान गर्न ‘उचित जैविक उद्योग’ ले नेपालमै जैविक मल उत्पादन गरिरहेको छ । सबैला नगरपालिका वाड- ९ मा उचित जैविक उद्योग प्रा.लि को आयोजना र कोइका जिजिजिआइ (KOICA-GGGI CSA) को सहयोगमा पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलन मार्फत `दिगो माटो पुनरुत्थान परियोजना´ को बारेमा चर्चा गरिएको हो ।

उक्त परियोजना अन्तर्गत माटोको उत्पादनसिल क्षमताको साथसाथै माटोले प्रदान गर्ने पारिस्थिति सेवालाई जगेर्ना, संरक्षण र वढावा दिने विषयमा चर्चा गरिएको थियो। माटो केवल वाली विरुवाको उत्पादनको लागि मात्र सिमित नभई यसले पानीको सुद्धिकरण, विषाक्त रसायनको निर्मलिकरण, हरित ग्यासको नियमन, जिवजनन्तुको वासस्थान, जैविक विविधता एवं सुक्ष्म जिवाणुलाई आश्रय जस्ता विभिन्न जिवजन्तुको अस्तित्व र जिवनसंग प्रत्यक्ष जोडिएको विषय भएको हुदा दिगो माटो व्यवस्थापन, माटोको जैविक तथा रासायनिक गुणका साथसाथै अन्य विविध पक्षलाई थप विग्रन नदिई संरक्षण गरि थप राम्रो वनाउने अवधारणा बोकेको परियोजना हो ।

उक्त परियोजना अन्तर्गत किसानहरूको समुह बनाएर किसानहरुलाई उत्पादन गरेको जैविक मलको प्रयोग समेत गर्न दिएका थिए । किसानले प्रयोग गरेको मलको प्रयोगबाट किसानलाई कतिको लाभ प्रतिफल भयो भन्ने समेत किसनहरुसंग प्रतिक्रिया लिएको थियो ।

जैविक मलको प्रयोग गरिरहेको किसानहरुको प्रतिक्रिया सकारात्मकनै थियो । त्यहीँका एक जना किसानले बताउँछ छन,”जब म जैविक मलको प्रयोग गर्न सुरु गरे त्यतिबेला देखि मेरो बालीमा धेरै परिवर्तन आएको छ । जैविक मलको प्रयोगले उत्पादन पनि बढिरहेको बताएका हुन् ।

कार्यक्रम रामहृदेय यादवको अध्यक्षतामा, प्रमुख अतिथि सबैला नगरपालिका वाड ९ का वाड अध्यक्ष मनिष राय यादवको उपस्तिथि रहेको थिए । साथै सम्मेलनमा ३३ जना किसानहरुको सहभागीता समेत रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर