LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण थाल्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

साउन २७, जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने एकसुत्रिय माग राखेर कमला पुल निर्माण संघर्ष समितिले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन-पत्र बुझाएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिन भित्र थाल्न माग गर्दै सिरहा सदरमुकामबाट मोटरसाइकल र्‍यालीसहित दर्जनौंको संख्यामा आएका प्रदर्शनकारीहरुले मधेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

सिराहा नगरपालिका वडा नम्बर -०६ का वडा अध्यक्ष का अनुसार सात दिनको अल्टिमेटम पछि कुनै निष्कर्ष नआएपछि म लगायत ६ जना मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन्।

पहिलाको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले, त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग रोखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर