LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

इराक सरकारले ल्यायो बालिकाले ९ वर्षमै बिहे गर्न पाउने कानुन

साउन २५,काठमाडौं । विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।

हालको इराकी कानुनमा विवाहका लागि १८ वर्षको उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको कानुनमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्षको बालिका र १५ वर्षका बालकले विवाह गर्न सक्नेछन् ।

यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

प्रतिक्रिया
सम्बन्धित खवर