LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

इराक सरकारले ल्यायो बालिकाले ९ वर्षमै बिहे गर्न पाउने कानुन

साउन २५,काठमाडौं । विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।

हालको इराकी कानुनमा विवाहका लागि १८ वर्षको उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको कानुनमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्षको बालिका र १५ वर्षका बालकले विवाह गर्न सक्नेछन् ।

यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

प्रतिक्रिया
सम्बन्धित खवर