LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

प्रहरी भागेपछि आफै ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थी

साउन २२,एजेन्सी । सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता भएका छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् ।

ढाकाको कयौँ स्थानमा मंगलबार विद्यार्थीहरू सडकमा सवारी व्यवस्थापन गरेको दृश्य देखिए । बिहान ९ बजेदेखि नै मिरपुर क्षेत्रमा करीब २०० विद्यार्थी प्रहरी थाना, चर्च र मन्दिरमा सुरक्षार्थ खटिएका थिए । अघिल्लो रात मिरपुरमा प्रदर्शनकारीहरूको एक समूहले प्रहरी थाना जलाएर खरानी बनाएको थियो ।

बोगुरामा पनि विद्यार्थी र सर्वसाधारणहरूले सडकमा स्वयंसेवकको रूपमा काम गरिरहेका थिए । प्रदर्शनकारीहरूले बोगुरा सहरमा सदर प्रहरी थाना, सदर आउटपोष्ट र ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि त्यहाँ सडकमा एक जना प्रहरी वा ट्राफिक प्रहरी देखिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर