LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रहरी भागेपछि आफै ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थी

साउन २२,एजेन्सी । सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता भएका छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् ।

ढाकाको कयौँ स्थानमा मंगलबार विद्यार्थीहरू सडकमा सवारी व्यवस्थापन गरेको दृश्य देखिए । बिहान ९ बजेदेखि नै मिरपुर क्षेत्रमा करीब २०० विद्यार्थी प्रहरी थाना, चर्च र मन्दिरमा सुरक्षार्थ खटिएका थिए । अघिल्लो रात मिरपुरमा प्रदर्शनकारीहरूको एक समूहले प्रहरी थाना जलाएर खरानी बनाएको थियो ।

बोगुरामा पनि विद्यार्थी र सर्वसाधारणहरूले सडकमा स्वयंसेवकको रूपमा काम गरिरहेका थिए । प्रदर्शनकारीहरूले बोगुरा सहरमा सदर प्रहरी थाना, सदर आउटपोष्ट र ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि त्यहाँ सडकमा एक जना प्रहरी वा ट्राफिक प्रहरी देखिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर