LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बंगलादेशमा प्रहरी एसोसिएशनले “हडताल” घोषणा गर्‍यो

साउन २२, जनकपुरधाम। बंगलादेशको प्रहरी एसोसिएशनले सुरक्षा चुनौती रहेको भन्दै प्रहरी अधिकारीहरूले हडताल गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ।

‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौं,’ बंगलादेश पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्यार्थी आन्दोलनको क्रममा सोमबारमात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन्।

मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएको बिबिसी बंगलाले जनाएको छ।

बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल राननाले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी अधिकारी र प्रहरी चौकीहरूमा क्षति नपुर्‍याउन अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर