LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

धनुषाको पाँच वटा स्थानीय तहले ल्याउन सकेनन् बजेट।।।।

टुडेवाणी,संवाददाता,असार ११,धनुषा।
धनुषाको पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान छ । तर, मिथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरुमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको छ ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण बजेट प्रभावित भएको आरोप लगाए । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो छ । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान ग¥यौं । तर दुबै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित हुनुभयो,’उनले भने,‘बुँदागत रुपमा उहाँहरुले हालसम्म कुनै माग पनि राखेका छैनन् । खै के हो ? उहाँहरुसँगै बुझ्न्स ।’ यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाएनन् ।

यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको जनकपुर टुडेको जिज्ञासामा उनले पुनः सोही कुरा दोहो¥याएर फोन राखे । तर, यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेका छैन् । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन् । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएको कारणले बजेट नआएको उनले बताइन् । यसअघि उनले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा नै दिएकी थिइन् । नगर प्रमुख विशेश्वर यादवसँग सुरुवाती समयदेखि उनको मनमुटाव छ । शहीदनगर नगरपालिकामा नगरसभा हुने बारे कुनै तयारी छैन् । जनप्रतिनिधिहरुले नगर प्रमुखसँग असन्तुष्ट छन् । नगर प्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ छ । तर उपप्रमुख सुनिता कुमारी सिंहले छलफल गर्न बाँकी रहेको कारण बजेट ल्याउन नसकेको बताइन् । योजना तर्जुमा भए पनि अन्य काम छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनले बताइन् । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ । उनले योजना बाँडफाँटतर्फ संकेत गर्दै भनिन्,‘ प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौ ।’

यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरुले अन्य नेताको इसारामा चलेको कारण विवाद भइरहेको बताए ।जनकपुर टुडे बाट

प्रतिक्रिया
सम्बन्धित खवर