LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार

कार्तिक २५ गते।  वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।

उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ ।

सातैजनालाई हाल चाबहिल स्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर