LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक, भेन्टिलेटरमा राखेर उपचार हुदैँ

कात्तिक, २१गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

स्वास्थ्य अवस्था बिगि्रएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो । ‘पछिल्लो पटक अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था झन्-झन् गम्भीर बन्दै गएको छ । तर, अहिले नै आशा मारिहाल्नुपर्ने अवस्था भने छैन,’ अस्पताल स्रोतले भन्यो ।

सीताको स्वास्थ्यमा छिन-छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । उनको अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा. बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर