LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

मंसिर १ गते रातिदेखि ४ गतेसम्म नेपाल -भारत सीमा नाका बन्द हुने

कार्तिक २०गते ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो ।

‘विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ,’रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने ।

बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रणलगायतका साझा सवालहरुका विषयमा निर्णय गरेको अर्यालले बताए ।

बैठकमा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारतको सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर