कार्तिक,१६गते। मोरङको बूढीगंगा गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ करेन्ट लाग्दा विराटनगर–६ का ३० बर्षीय राम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाईटेन्सन तारमा छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएका मण्डलको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।