LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव फेला

सर्लाही , कार्तिक १५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ ।

बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान फोहोर (कवाडी) संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

नवजात शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर