LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , एक युवती घाइते

सिरहा, कार्तिक १५ गते ।  सिरहामा विङ्गरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–७ मा सोमबार विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् ।

मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डलको मृत्यु भएको हो । उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा उनको मृत्यु भएको हो ।

यस्तै, घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले सोमबार साँझ सवा ६ बजे ठक्‍कर दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर