LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

महोत्तरीको भँगहामा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी

महोत्तरी,कार्तिक १०गते।  महोत्तरीको भँगहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मकालागि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खल्ल पुग्ने गरी बिहीबार भँगहामा दुई पक्षबीच झडप भएको जनाइएको छ । शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जनाएका छन् ।

कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ । कर्फ्यु उल्लंघन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनको आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर