टुडेवाणी,संवाददाता,भदौ ०७,धनुषा।
मञ्चका प्रदेश संयोजक मुकेश ठाकुरको अध्यक्षतामा बसेको बैठकबाट भदौ महिनाभित्र प्रदेशका आठवटै जिल्लाका जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
संयोजक ठाकुरले सबै जिल्लाका जिल्लाअध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई अधिवेशनका लागि तयारी थाल्न आग्रह गरेका छन् ।
सप्तरी जिल्लाले भदौ २५ गते जिल्ला अधिवेशनको समय तोकेको छ ।
मञ्चका पूर्व प्रदेश अध्यक्ष श्यामसुन्दर यादवको प्रमुखआतिथ्यमा सम्पन्न बैठकले असोज १५ गतेभित्र प्रदेश अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको हो ।
सो बैठकमा मञ्चका केन्द्रीय सदस्य रामहृदय यादव, सप्तरीका विद्यानन्द राम लगायत प्रदेशभरिका मञ्चका पदाधिकारीहरुको उपस्थिति थियो ।