LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

जन्मिँदै ८५० ग्राम तौल भएको शिशुको सर्लाही मेडिकेयर अस्पताल मलंगवामा सफल उपचार पछि घर पठाइयो

मनोज यादव /सर्लाही,असाढ २२
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको सर्लाही मेडिकेयर प्रा.लि अस्पतालमा जन्मिँदै ८५० ग्रामको मात्र रहेको एक नवजात शिशुको सफल उपचार गरिएको छ।उक्त शिशु समय पनि नपुगी सात महिनामै जन्मिएको थियो।
उक्त शिशुको जन्म सर्लाहीको धनकौल गाउँपालिका वडा न-३ भवानीपुर बस्ने मुकेश राम र पिंकी देवी रामको पहिलो सन्तानको रुपमा गत असाढ ६ गते दिउँसो २ बजेको समयमा धनकौल बर्थिङ्ग सेन्टरमा भएको थियो। समय भन्दा पहिल्यै मात्र ७ महिनामा जन्मिएको शिशुको स्वास्थ्य अवस्था जन्मिदैदेखि गम्भीर रहेको थियो।कम तौल,फोक्सोको विकास राम्रोसँग नभएका कारण स्वांसप्रश्वासमा समस्या र किटाणुको संक्रमण लगायतका समस्याहरु उक्त शिशुमा देखापरेकोले बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीहरुको सुझावमा पिता मुकेशले आमा र शिशुलाई सोहीदिन लिएर आफुकोमा आएको शिशुको उपचारमा संलग्न सर्लाही मेडिकेयर अस्पतालका डाक्टर नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रविन कुमार चौधरीले बताउनुभयो ।
डा.चौधरीले अभिभावकहरु बर्थिङ्ग सेन्टरबाट शिशुलाई लिएर आएपछि सम्पुर्ण चेकजाँच गरिसके पछि हामीकहाँ भेन्टिलेटरको सुविधा उपलब्ध नभएको र शिशुको स्वास्थ्य अवस्थापनि नाजुक रहेकोले यहाँ उपचारमा समस्या हुने भन्ने बारे पिता मुकेशलाई जानकारी गराएर जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा लान भनेपछि निजले आफु मजदुरी गरेर घरपरिवार चलाउने ब्यक्ति भएकोले बच्चा र आमालाई जिल्ला बाहिरका ठुला अस्पतालमा लगेर उपचार गराउन आर्थिक रुपमा सक्षम नभएकोले यसै अस्पतालमा भर्ना गरेर उपचार गर्न पटकपटक आग्रह गरेपछि पिता मुकेश लगायत अन्य आफन्तहरुको आग्रह र मन्जुरीमा ठुलो रिक्स र चुनौतीको रुपमा लिएर तत्कालै कुनै विलम्ब नगरि आइसियुमा सिफ्ट गरेर म लागयत मेरो टिम शिशुको उपचार सुरु गरेको बताउनुभयो ।
डा.चौधरीले सबैभन्दा पहिला शिशुलाई राख्न भेन्टिलेटरको आवश्यकता पर्ने भएको तर हाम्रो अस्पतालमा भेन्टिलेटर उपलब्ध नभएकोले Bubble C PAP मेसिनमा राखेर उपचार अगाडी बढाएको बताउनुभयो। उक्त मेसिनमा बच्चा ७२ घण्टासम्म रह्यो ।सो अवधिमा बच्चाको अवस्थामा सुधार भएको हामीले देख्यौं ।सात महिनामै जन्मिएका कारण फोक्सोको पुर्ण विकास नभएकोले शिशुलाई स्वांसप्रश्वांसमा समस्या भइरहेको थियो।उपचारको क्रममा सो समस्या पनि विस्तरै हट्दै गयो ।चिकित्सकहरुको दिनरातको मेहनत तथा सेवाबाट ती शिशुको स्वास्थ्य तथा विकासमा राम्रो सुधार आएकोले असाढ २२ गते आमा र बच्चा दुबैलाई पुनः ३ दिनपछि फलोअपको लागि आउन भनि डिस्चार्ज गरेर पठाएको डा.चौधरीले बताउनुभयो ।
बाँच्ने सम्भावना नरहेको एउटा कम तौलको बच्चालाई हामीहरुकै अनुरोधमा त्यस्ता खाले बच्चाको उपचारमा आवश्यक पर्ने साधनहरुको अभावको बाबजुद ठूलो रिक्स बोकेर ईश्वरको भरोसामा उपचार गर्न लगाएको र डाक्टर चौधरीसहित उहाँको टिमले पनि सफल उपचार गरेर बच्चाको जीवन रक्षा गरेको भन्दै बच्चाका अभिभावकहरुले खुसी व्यक्त गरेका छन।साथै उनीहरू सर्लाही मेडिकेयर अस्पतालमा कार्यरत चिकित्सकहरुको टिमलाई धन्यबाद दिएका छन् ।
हुनेखाने र सम्पन्न परिवार उपचारको लागि ठुला सहरका सुविधा सम्पन्न महंगा अस्पतालमा गएर उपचार गराउन सक्षम छन् तर ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न परिवार त्यस्ता अस्पतालमा गएर उपचार गराउन सक्षम छैनन् ।जसले गर्दा उनीहरू उपचार नपाएर अकालमै ज्यान गुमाउँदै आएका छन् ।मलंगवामा रहेको सर्लाही मेडिकेयर अस्पतालका डाक्टरहरुले बाँच्ने आशानै मेटिसकेको एउटा गरिब परिवारको बच्चाको ज्यान बचाएर ठुलो तथा सुविधा सम्पन्न महंगा अस्पतालहरुको बिचमा एउटा राम्रो उदाहरण प्रस्तुत गरेको छ।अब हुनेखानेले मात्र नभइ हुँदाखानेले पनि आफ्नै गाउँ ठाउँमा उपचार गराउन सक्छन । यस्ता अस्पताल र डाक्टरहरु मलंगवाजस्ता साना सहरहरुमा पनि उपलब्ध छन् । उनीहरूको उपचार प्रक्रिया माथि विश्वास गरे बाहिर गएर लाखौं रुपैयाँ खर्च गर्नु पर्ने आवश्यक्ता छैन, कबिलासी नगरपालिका वडा न-९ का वडाअध्यक्ष एवं समाजसेवी दिनेश राय(मास्टर)ले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर