LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

धनुषाको धनुषाधाममा हिजो १९ औं राष्ट्रिय धान दिवस मनाइयो।।।

प्रेम चौहान,धनुषाधाम,असार १६ । धनुषाको धनुषाधाम नगरपालिकाको वडा न. ३ मा`धान बालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग´कार्यक्रमको आयोजना गरी १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ। साना किसान कृषि सहकारी संस्था लि. धनुषा गोविन्दपुरको आयोजनामा रोपाइ महोत्सवको आयोजना गरी धान दिवस मनाइएको हो ।

कार्यक्रमको धनुषाधाम नगरपालिकाको वडा न. ३ का वडा अध्यक्ष जय नारायण यादवले उद्घाटन गरेका थिए । उनले नेपालको कुल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान बालीको प्रवर्द्धन गर्न सशक्त कदम चाल्नुपर्ने उल्लेख गरे। कृषकहरूको जीवनस्तर उकास्न विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट हुने कार्यक्रम थप प्रभावकारी हुनुपर्नेमा जोड दिए ।कृषिमा आयात बढ्नु चिन्ताको विषय भन्दै कृषिमा किसान अरु भर नपरी आफै गाइ, भैंसी पालेर मल उत्पादन गर्न जोड दिए ।

कार्यक्रमको अध्यक्षता पशुधन सुरक्षण तथा पशु प्रजनन केन्द्र समितिका अध्यक्ष मुसाफिर साह, विशिष्ट अतिथि धनुषाधाम नगरपालिका वडा न. २ का पूर्व वडाअध्यक्ष प्रभु नारायण साह, संस्थाका अध्यक्ष फिरन यादव, संस्थाका प्रबन्धक राज कुमार साह विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा संचालक समिति, पशुधन सुरक्षण समिति, लेखा सुपरिवेक्षक समिति लगायत सम्पूर्ण कर्मचारी टिम, रेडियो धनुषको कार्यकारी प्रमुख पत्रकार मुकेश ठाकुर लगायत विभिन्न समाजसेवी, बुद्धिजीवी लगायत किसानहरूको उपस्थितिमा दहि, चिउरा, चिनी, आँप, तरकारी आदि खाइ धान दिवस मनाइयो।

कार्यक्रम संचालन निराजन कुमार सिंहले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर