LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

धनुषाको धनुषाधाममा हिजो १९ औं राष्ट्रिय धान दिवस मनाइयो।।।

प्रेम चौहान,धनुषाधाम,असार १६ । धनुषाको धनुषाधाम नगरपालिकाको वडा न. ३ मा`धान बालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग´कार्यक्रमको आयोजना गरी १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ। साना किसान कृषि सहकारी संस्था लि. धनुषा गोविन्दपुरको आयोजनामा रोपाइ महोत्सवको आयोजना गरी धान दिवस मनाइएको हो ।

कार्यक्रमको धनुषाधाम नगरपालिकाको वडा न. ३ का वडा अध्यक्ष जय नारायण यादवले उद्घाटन गरेका थिए । उनले नेपालको कुल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान बालीको प्रवर्द्धन गर्न सशक्त कदम चाल्नुपर्ने उल्लेख गरे। कृषकहरूको जीवनस्तर उकास्न विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट हुने कार्यक्रम थप प्रभावकारी हुनुपर्नेमा जोड दिए ।कृषिमा आयात बढ्नु चिन्ताको विषय भन्दै कृषिमा किसान अरु भर नपरी आफै गाइ, भैंसी पालेर मल उत्पादन गर्न जोड दिए ।

कार्यक्रमको अध्यक्षता पशुधन सुरक्षण तथा पशु प्रजनन केन्द्र समितिका अध्यक्ष मुसाफिर साह, विशिष्ट अतिथि धनुषाधाम नगरपालिका वडा न. २ का पूर्व वडाअध्यक्ष प्रभु नारायण साह, संस्थाका अध्यक्ष फिरन यादव, संस्थाका प्रबन्धक राज कुमार साह विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा संचालक समिति, पशुधन सुरक्षण समिति, लेखा सुपरिवेक्षक समिति लगायत सम्पूर्ण कर्मचारी टिम, रेडियो धनुषको कार्यकारी प्रमुख पत्रकार मुकेश ठाकुर लगायत विभिन्न समाजसेवी, बुद्धिजीवी लगायत किसानहरूको उपस्थितिमा दहि, चिउरा, चिनी, आँप, तरकारी आदि खाइ धान दिवस मनाइयो।

कार्यक्रम संचालन निराजन कुमार सिंहले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर