LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

रमण कन्सट्रक्सनका पूर्व मालिक बलराम महतो आज जसपा प्रवेश गर्दै।।।

टुडेवाणी,संवाददाता,असार ६,जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा मेयरमा स्वतन्त्रबाट चुनाव लडेर पराजित भएका बलराम महतो जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने भएका छन् ।

 

जसपाले महतोलाई पार्टीमा भित्र्याउन आज बेलुका जनकपुरको बेलकम होटलमा पार्टी प्रवेश कार्यक्रम राखेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव महतोलाई पार्टीमा प्रवेश गराउन जनकपुरधाम आउन लागेका छन्।

अध्यक्ष यादव दिउँसो साढे ४ बजेको फ्लाइटमा काठमाडौंबाट जनकपुरधाम आउने बुझिएको छ ।

जसपाले महतोलाई आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने सहमती बनेको स्रोतले जनाएको छ । सबैला नगरपालिका घर भएका महतो धनुषा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

तर धनुषा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता मातृका यादव जितेको क्षेत्र हो । गठबन्धन भएपछि सो क्षेत्रबाट पुन: यादव नै उम्मेदवार बन्ने सम्भावना छ ।

यादव क्षेत्र नम्बर २ नछाडेपछि महतोलाई जसपाले अन्य क्षेत्रबाट उम्मेदवार बनाउने बुझिएको छ ।

महतो रमण कन्सट्रक्सनका पूर्व मालिक हुन् । उनी मेयरमा चुनाव लड्नुअघि कन्सट्रक्सन छोराको नाममा सारेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर