LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

रमण कन्सट्रक्सनका पूर्व मालिक बलराम महतो आज जसपा प्रवेश गर्दै।।।

टुडेवाणी,संवाददाता,असार ६,जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा मेयरमा स्वतन्त्रबाट चुनाव लडेर पराजित भएका बलराम महतो जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने भएका छन् ।

 

जसपाले महतोलाई पार्टीमा भित्र्याउन आज बेलुका जनकपुरको बेलकम होटलमा पार्टी प्रवेश कार्यक्रम राखेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव महतोलाई पार्टीमा प्रवेश गराउन जनकपुरधाम आउन लागेका छन्।

अध्यक्ष यादव दिउँसो साढे ४ बजेको फ्लाइटमा काठमाडौंबाट जनकपुरधाम आउने बुझिएको छ ।

जसपाले महतोलाई आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने सहमती बनेको स्रोतले जनाएको छ । सबैला नगरपालिका घर भएका महतो धनुषा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

तर धनुषा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता मातृका यादव जितेको क्षेत्र हो । गठबन्धन भएपछि सो क्षेत्रबाट पुन: यादव नै उम्मेदवार बन्ने सम्भावना छ ।

यादव क्षेत्र नम्बर २ नछाडेपछि महतोलाई जसपाले अन्य क्षेत्रबाट उम्मेदवार बनाउने बुझिएको छ ।

महतो रमण कन्सट्रक्सनका पूर्व मालिक हुन् । उनी मेयरमा चुनाव लड्नुअघि कन्सट्रक्सन छोराको नाममा सारेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर