LIVE NEWS
बाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रहमाटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धारशवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना ।

टुडेवाणी,संवाददाता,जेष्ठ २९,नयाँ दिल्ली —भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन् । उनी केही दिनयता कोरोना संक्रमित छिन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ ।

गान्धीको हेल्थ रिपोर्ट १ जुनमा कोरोना पोजिटिभ आएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा सोनायालाई भर्ना गरिएको हो । उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन् ।
दिल्लीमा कोरोना संक्रमणको दर बढ्नुका साथै दैनिक रुपमा नयाँ संक्रमित पनि थपिँदै छन् । दिल्लीमा संक्रमण दरले ४ प्रतिशत पार गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा ७ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेको पाइए पनि मृत्युका घटना भने भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर