LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना ।

टुडेवाणी,संवाददाता,जेष्ठ २९,नयाँ दिल्ली —भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन् । उनी केही दिनयता कोरोना संक्रमित छिन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ ।

गान्धीको हेल्थ रिपोर्ट १ जुनमा कोरोना पोजिटिभ आएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा सोनायालाई भर्ना गरिएको हो । उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन् ।
दिल्लीमा कोरोना संक्रमणको दर बढ्नुका साथै दैनिक रुपमा नयाँ संक्रमित पनि थपिँदै छन् । दिल्लीमा संक्रमण दरले ४ प्रतिशत पार गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा ७ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेको पाइए पनि मृत्युका घटना भने भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर