LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

आफुलाई हुलाकको सरकारी कर्मचारी बताएर विदेश पठाइदिने नाममा दर्जनौं व्यक्तिहरुबाट लाखौं रकम ठगेर सर्लाही एक ब्यक्ति बेपत्ता,रकम डुबेका पिडितहरु विचल्लिमा

मनोज यादव /सर्लाही,जेठ २२
बेरोजगारीको समस्याबाट गुज्रिरहेका सर्लाहीका दर्जनौं युवा तथा युवतीहरु ठगिको सिकार बनेका छन् ।उनीहरु आफुलाई सर्लाही जिल्ला हुलाक कार्यालय मलंगवाको कर्मचारी बताउने विष्णु गाउँपालिका वडा न-६ सिमरा निवासी राजेन्द्र प्रसाद साहको छोरा ओमप्रकाश साह सोनरबाट ठगिको सिकार बनेका छन् ।
ओमप्रकाश साह सदरमुकाम मलंगवासहित मलंगवा आसपास गाउँका पढेलेखेका तर बेरोजगार युवाहरुसँग जापान तथा खाडी मुलुकमा पठाइदिने प्रलोभनमा पारेर प्रति व्यक्ति २ लाख रुपैयाँ देखि ८ लाख रुपैयाँ सम्म रकम उठाएर सम्पर्क विहिन भएको मलंगवा-२ का एक पिडित युवा मनोज साहले बताए ।ओमप्रकाशले आफुसँग पनि जापान पठाइदिन्छु भनेर ८ लाख रुपैयाँ ठगि गरेर बेपत्ता भएको गुनासो गरेका छन् ।
ओमप्रकाशले पढेलेखेका तर कहिंकतै नोकरी नपाएर लामो समयदेखि बेरोजगार बसेका सोझासाझा निराश युवायुवतीहरु लाई आफु जिल्ला हुलाक कार्यालय मलंगवामा कार्यरत सरकारी कर्मचारी हुँ,म तिमीहरूलाई राम्रो काममा पठाइदिन्छु भनि प्रलोभनमा पारेर कुनै अर्कै ब्यक्तिलाई हुलाक कार्यालयको नक्कली कर्मचारी बनाएर आफ्नो जालमा फंसिसकेको क्लाइन्टसँग कुराकानी गराएर मोटो रकम असुल गर्ने गरेको पिडित युवक मनोज साहले बताए ।
सोझासाझा बेरोजगार युवायुवतीहरुबाट लाखौं रकम उठाएर उक्त ब्याक्ती २०७७ साल कार्तिक महिनादेखिनै सम्पर्क विहिन भएपछि निजको खोजिनिती गर्दै जाँदा निज ब्यक्ति भारतको राजस्थान राज्यको कुनै ठाउँमा लुकेर बसेको जानकारी पाएको पिडित साहले बताए ।
ओमप्रकाश अहिले उतैबाट what’s app, viver र indian नम्बर 00917520332822 बाट ठगि कार्य गरिनै रहेको आफुहरु सँग प्रमाण समेत रहेको छ। निजले लामो समयदेखि हुलाक कार्यालयमा उपस्थित नभइकन पनि सरकारी तलब सुविधा खाइरहेको समेत आफुहरु सँग प्रमाण रहेकोले सोही कुराको जानकारी जिल्ला हुलाक कार्यालय मलंगवाका प्रमुखलाई गराउँदा उहाँले उक्त ब्यक्ति फटाह रहेको अनुसंधानबाट खुल्न आएकोले यस्तो ब्यक्तिलाई कार्यवाही गर्ने आश्वासन दिएको पिडित साहले बताए।
ओमप्रकाश साह सोनार नामको उक्त ब्यक्तिलाई कहींकतै देखे अथवा फेला परेमा जिल्ला प्रशासन कार्यलय मलंगवामा रहेको सुरक्षित आप्रवाशन श्रोत केन्द्रको नम्बर ०४६-५२१५०२ र ९८०९१४१७३७ ०४६-५२०१६१ सम्पर्क गरि जानकारी गराईदिन पिडितहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर