LIVE NEWS
राष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाहीकुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थसप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिमनियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

ओली:पार्टीभित्रको अन्तर्घातले सोचे जस्तो नतिजा आएन।

टुडेवाणी,डेस्क,जेष्ठ १२गते,काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पार्टीले सोचेअनुसारको नतिजा ल्याउन नसकेको निष्कर्ष निकालेको छ । एमालेले पार्टी एकताबद्ध भएर चुनावमा लाग्न नसक्नु र पार्टीकै उम्मेदवारलाई हराउन अन्तर्घात भएको कारण अपेक्षा गरेको जस्तो नजिता ल्याउन नसकेको निष्कर्ष निकालेको हो ।

एमालेको संसदीय दलको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको बताउनुभयो । सांसद शेरबहादुर तामाङले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो–‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ, उपमेयर जित्दा मेयर किन जितिँदैन रु यो भनेको अन्तर्घात होइन रु’ उहाँले ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताउनुभयो ।

त्यसै गरी ओलीले सरकारले मंगलबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रित नभई निरन्तरता मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभयो ।बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे संक्षिप्त विश्लेषण गरिएको बताउँदै अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएकाले आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले हालै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिइएकोमा पनि आपत्ति जनाउनुभएको थियो । उहाँले अमेरिकी उपविदेश मन्त्री उजरा जेयालाई तिब्बती शरणार्थी शिविरमा जान दिइनुले परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता खण्डित भएको टिप्प्णी गर्नुभयो ।

उहाँले तिब्बती शरणार्थीको क्यापमा जान दिएर चीनलाई उक्साउने काम गरेको भन्दै सरकारको नियतमाथि शंका व्यक्त गर्नुभयो । ओलीको भनाई उद्धृत गर्दै एक सांसदले भने–‘कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो ।’ ओलीले विदेश नीतिमा सरकार परनिर्भर हुन थालेको बताउँदै नेपालले आफ्नो निर्णय आफैं गर्न पाउनेगरी आफूले स्थापित गरेका मान्यतामाथि देउवा सरकारले धावा बोलेको भन्दै आपत्ति जनाउनुभयो । समाचारपत्र

प्रतिक्रिया
सम्बन्धित खवर