टुडेवाणी,डेस्क,जेष्ठ ११,धरान । धरानका मेयर हर्कराज साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई साईड लगाउँदै लोकप्रिय मतसहित विजयी भएका थिए ।
हर्क साम्पाङ (हर्कराज राई) धरानको खानेपानी समस्या समाधानको खोजीमा लागिसकेका छन।
उनी जलाधारको मुहानमा पुगेर हेर्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका छन्।
अधिकांश ठाउँमा अहिले नवनिर्वाचित जनप्रतिनिधिहरु विजय जुलुससहित खुसी मनाइरहेका छन् तर अहिले साम्पाङ धरान बासीका लागी फिल्डमा उत्रेका छन् ।
उहाँले भन्नुभयो मेरो पहिलो उद्देश्य भनेको धरान बासिलाई खानेपानीको समस्या समाधान गर्नु रहेको छ,उनले प्रतिबद्धता समेत जनाइसकेका छन् ।