टुडेवाणी,डेस्क,जेष्ठ ८,धनुषा:
धनुषाको मिथिला नगरपालिका वाडा नम्बर ८ कुसुमबिछौनामा घरबाटै मोटरसाइकल चोरी भएको छ ।
मिथिला नगरपालिका ८ कुसुमबिछौनाका स्थानीय राम आशिष महतोको घरबाट ज.४ प ७६७८ नम्बरको बजाजको प्लाटिना १००cc मोटरसाईकल चोरी भएको हो ।
शुक्रबार राति उक्त नम्बरको मोटरसाईकल घरबाट चोरी भएको छ।
मोटरसाइकल कसैले देख्नु भएमा निजको मोबाईल नम्बर ९८०४८२७०५८ मा सम्पर्क गर्न अथवा नजिकको ईलाका प्रहरी कार्यलामा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।