LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

हिन्दु जागरण अभियान अन्तर्गत जानकी बृध्दा आश्रममा राहत

दिबेश कुमार कुशवाहा,जेष्ठ ७,धनुषा:
साप्ताहिक हिन्दु जागरण अभियान अन्तर्गत समाजिक अभियन्ता सुदिप झाको आर्थिक सहयोगमा श्री जानकी बृध्दा आश्रम जनकपुरधाममा केहि आधारभूत आवश्यकता अनुसारका समाग्रीहरु वितरण गरिएको छ।

मुन्नु झाको संयोजकत्व र मोहन हिन्दुवादी को पहलमा मनोकामना स्कुलको संस्थापक प्रिन्सिपल तथा जय गुरुदेव संस्थाको स्वयम्सेवक लालजी ठाकुरको विशेष आतिथ्यमा शनिबार जनकपुरधाम स्थित रहेको श्री जानकी बृध्दा आश्रम मा आधारभूत आवश्यकता अनुसार समाग्री अन्तर्गत जम्मा १८ वटा बृध्दालाई ३ केजी प्याकेट को दरले सरफ , २ जोरा साबुन, खाने तेल, बिस्कुट , ठण्डा पेय आदि वितरण गरिएको छ।

निजी रुपमा आर्थिक सहयोग गरेको सुदिप झाले‌ भने :- “हामी वेस्ट लाई इन्भेस्टको माध्यमले आफ्नो सानो सानो अनावश्यक चाहना लाई त्यागदै , खाचोमा परेकाहरु लाई सेवा दिने भावनाले आजको को यो प्रयास जानकी वृद्धा आश्रम जनकपुरधाममा यी सानो सहयोग गरेका छौँ। यस शुभ कार्यमा सहयोग गर्ने नवीन झा, मुन्नु झा,प्रेम झा,सोनु झा,मोहन साह,लालजी ठाकुर प्रति हार्दिक आभार व्यक्त गर्दछौं।

प्रतिक्रिया
सम्बन्धित खवर