LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

रौतहटमा मतपरीणामको विषयमा बिवाद:स्थानीयले मतगणनास्थलको गेट तोडफोडको प्रयास

टुडेवाणी,सलिना मगर,जेष्ठ ७,रौतहट:
रौतहटको गुजरा नगरपालिकामा मतपरिणामको विषयलाई लिएर विवाद बढेपछि स्थानीयले मतगणनास्थलको गेट तोडफोडको प्रयास गरेका छन् ।

उम्मेदवारका समर्थकहरुले ढुंगामुढा गर्दै भित्र प्रवेश गर्न खोज्दा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । यस नगरपालिकामा कर्मचारीले मतपरिणाम सार्वजनिक गर्दा पटक-पटक त्रुटि गर्दै आएका छन् । पछिल्लो पटक उम्मेदवारका समर्थक भने ढुंगामुढामा उत्रिएका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरीको थप मद्दत टोलीसमेत त्यस क्षेत्रमा पुगेको छ । अहिले मतदानस्थल बाहिरको अवस्था तनावपूर्ण छ । मतपरिणाम नै गलत सुनाएपछि मतगणना दिउँसोबाट रोकिएको छ । अन्तिम चरणमा पुगेको मतगणना निर्वाचन अधिकृत बद्रीनारायण शर्माका कारणले रोकिएको मतगणनामा खटिएका एक कर्मचारी बताउँछन् ।

‘गणना भएको मतसंख्या लेख्ने क्रममा त्रुटि भएको थियो । पछि सच्याइएको छ,’ ती कर्मचारीले बताए । परिणाम गलत आउन थालेपछि मतगणनास्थल बाहिर बसेका उम्मेदवारका समर्थकले नाराबाजी गरेका थिए । त्यसपछि ढुंगामुढा गर्दै मतगणनास्थलको मुख्य ढोका फोरेर भित्र प्रवेश गर्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर