अरबिन्द सिंह,जेष्ठ ६,धनुषा । धनुषाको मिथिला नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार छिनो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतोले जम्मा ९१ मतान्तरले निर्वाचित भएका हुन् ।
निर्वाचित महतोले जम्मा ७ हजार ३१ मत पाएका छन् भने, उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका उमेदवार राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी उपमेयर पदमा भने नेकपा एमालकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन् ।