दिपेश कुमार साह
रौतहट -रौतहट जिल्ला स्थित गरुडा नगरपालिकाका मेयर पदका उम्मेदवार दिपक यादवको अडियो क्लिप बाहिरिएको थियो । सो अन्तर्गत उनले आफ्नो अभिव्यक्ति समाजिक संजाल मार्फत प्रष्ट पारेका छन् ।
यादवका अनुसार, उनको वडामा विपक्षी दलका नेताको समर्थक द्वारा बदनाम गर्न प्रयास गरेको आरोप लगाए । पचास मिनेटको अडियो क्लिपमा कुनै सभा या बैठक जस्तो वातावरण रहेको उनले बताए । साथै, अडियोमा बढी आवाज दिपक भनेको सुन्न पाइन्छ ।
उनले भने ” यो अडियो मिल्दो- जुल्दो आवाजको माध्यम बाट बनाएको हुन सक्छ । सो अडियो क्लिपमा भिडन्त जस्ता शब्द प्रयोग गरेको, चुनावको समय हेरेर र प्रभाव देखाएर मेरो पहिचान ( चरीत्र) माथि असर पार्ने प्रयास गरेको उनले बताए ।
यद्यपि, कुनै जाल – झेलमा नपरी एक असल नागरिकको पहिचान स्वरूप मुल्यांकन गर्न उनले जनता सँग अनुरोध गरे ।