LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

कृष्ण दर्शन:उमेदवार हरुलाई एक पत्र

सलिना मगर,सर्लाही ,जेष्ठ ५:
प्रस्तुत सम्बन्धमा विभिन्न पार्टी बाट पालिका अध्यक्ष उपाध्यक्ष ,वडा अध्यक्ष एवम विभिन्न तहतप्का लागि आफ्नो उम्मेद्बारी दर्ता गराएर गाउँवस्ती टोल समुदायमा आफ्नो भिजन प्रस्तुत गर्दै पालिका को समग्र विकास गर्छु भनेर एक अटुट लिएर निर्वाचनमा हुमिएका उम्मेद्बार ज्युहरु ….

तपाई अनि तपाईका पार्टी वाट उमेदवार भएर जनप्रतिनिधि बनेका व्यक्तिहरुले गत निर्वाचन अगाडि सर्वसाधारण जनता माझ देखाएका सपना अधुरै रहेको गुनासो सुन्नामा आउँछ । तिनै अधुरा कुराहरु पुरागर्नका लागि तपाईं तम्झिएर जनता माझ पुग्नु भएको हो कि आफ्नो र पार्टी को स्वार्थका लागि उमेदवार भएर प्रचारप्रसारमा हिड्नु भएको हो ।

यदि तपाईंले पालिकाको विकास गर्ने लक्ष्य लिएर म पालिकाको नेतृत्व गर्छु भनेर मैदानमा आउनु भएको भए नेपाल एक कृषि प्रधान मुलुकमा जहाँकि ६५% मानिसहरु कृषिमा आत्मनिर्भर रहेको अवस्थामा पनि कृषि र किसानका लागि समान गरेको कुरा तपाईंको घोषणपत्र अनुसार का कामहरु गर्नुहुन्छ कि हुँदैन ….?
तपाईंका घोषणपत्रमा त कृषि र किसानका बारेमा खासै राम्रो देखिएन त उमेदवार ज्यु ….?
तपाईंको जितको लागि र प्रचारप्रसारका लागि खम्बा मान्निने युवाहरूलाई तपाईं निर्वाचित भैसके पछि के कस्ता योजना बनाउनु भएको छ ।

युवाहरु तपाईंको चुनाव प्रचारप्रसार का लागि मात्र प्रयोग गर्ने होकि युवा लक्ष्यित कार्यक्रम ल्याएर युवाहरूलाई विभिन्न क्षेत्रबाट अगाडि बढाउनका लागि के कस्ता योजना गराउनु हुन्छ ….?

अहिलेको यो अवस्थामा युवा वर्गहरु लागू पर्दाथ तथा दुर्वसनी मा फसेका युवाहरूलाई नक्सा मुक्त बनाउनका लागि जनचेतना मुखी विभिन्न कार्यक्रम गरेर बेरोजगार युवायुवतीहरुलाइ योग्यता अनुसारको स्वदेशमै रोजगारी सिर्जना गराउनु हुन्छ कि हुँदैन …?

तपाईंको निर्वाचन क्षेत्रमा रहेका जेष्ठ नागरिक वृद्ध वृद्धाहरुको स्वास्थ उपचार र हेरचाहका लागि कस्ता योजना बनाउनु भएको छ । बनाएका योजना कागजमा मात्र सिमित हुने हुनकी व्यवहारमा पनि आउछन ।।
उमेदवार ज्यु ।

तपाईंले जारी गरेको घोषणा पत्रमा त अनगिन्ती कुराहरु समावेश गर्नु भएको छ । के ती सबै कुराहरु कल्पना गरेर लेख्नु भएको हो कि अरुको देखासिकी गरेर देखाउन बनाउनु भएको । तपाईंको घोषणा पत्रमा शिक्षा ,स्वास्थ ,विजुली वति खानेपानी निशुल्क अनि सुकुम्बासीका लागि पनि सपना देखाउनु भएको छ । ती सबै कुरा सत्तामा पुगेपछि सबै पूरा गर्नुहुन्छ भन्ने कुरामा म आशावादी छु र साथै तपाईं लगाएत तपाईंको सिङ्गो टिमलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दछु ।।

प्रतिक्रिया
सम्बन्धित खवर