LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

रौतहटको एक घरमा करिब ३ लाख ५० हजार बराबरको चोरी

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ मा स्थित रहेको कर्कच गाउँमा करिब १२/१ बजेको समयमा चोरी भएको छ । राजिन्न राय यादवको घरमा करिब ३ लाख ५० हजार बराबरको गहना पैसा चोरी भएको राजिन्न राय यादवको छोरा सन्तोषकुमार यादवले बताएका छन् ।

मंगलबार करिब १२ बजेदेखि १ बजे भित्र चोरी भएको हो । घरको मुख्य धोकाबाट प्रवेश गरि फलामको दराजमा राखिएको १ लाख ५० हजार नगद र सोना चान्दिको गर गहना गरि करिब ३ लाख ५० हजार बराबरको चोरी भएको यादबले बताएको छ ।

अहिले सम्म देवाही गोनाही इलाका प्रहरी घटना स्थलमा न आइ पुगेको तथा फोन गरेको करिब २ घन्टा भैसकेको पीडित यादवले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर