रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ मा स्थित रहेको कर्कच गाउँमा करिब १२/१ बजेको समयमा चोरी भएको छ । राजिन्न राय यादवको घरमा करिब ३ लाख ५० हजार बराबरको गहना पैसा चोरी भएको राजिन्न राय यादवको छोरा सन्तोषकुमार यादवले बताएका छन् ।
मंगलबार करिब १२ बजेदेखि १ बजे भित्र चोरी भएको हो । घरको मुख्य धोकाबाट प्रवेश गरि फलामको दराजमा राखिएको १ लाख ५० हजार नगद र सोना चान्दिको गर गहना गरि करिब ३ लाख ५० हजार बराबरको चोरी भएको यादबले बताएको छ ।
अहिले सम्म देवाही गोनाही इलाका प्रहरी घटना स्थलमा न आइ पुगेको तथा फोन गरेको करिब २ घन्टा भैसकेको पीडित यादवले जनाएको छ ।