सलिना मगर,सर्लाही,जेष्ठ ३:
यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गर्दै सार्वजनिक तथा मालबाहक सवारीको भाडा बढाएको जानकारी दिएको छ। सो,बढेको भाडा जेठ ४ गतेबाटै लागू हुने भएको छ।
नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको छ।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ। पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ।
सरकारले भाडा बढाए सगैं मलंगवा देखि काठमाडौंको भाडा ९५९ कायम भएको छ।