सलिना मगर,वीरगंज, पर्सा,जेष्ठ ३:
पर्सा जिल्लाको को बिन्दबासिनी गाऊँपालिकाको वडा न ३ को मत पुनः गणना गर्नु पर्ने एमालेका उम्मेदवारहरुले माँग गरेका छन । वडा न ३ का वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ जोलाहा ३ मतले निर्वाचित भईसकेको निर्वाचनको कार्यालयले जानकारी गराऊदा जोलहा घर फर्के घर फर्केको ३० मिनेट पछी उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतले निर्वाचित भएको कुरा निर्वाचन कार्यलयले जानकारी गराऊदा पुन गणना गर्नु पर्ने माँग गरेको एमालेका उम्मेदवार जोलहाले बताएका हुन ।
जोलहाका अनुसार यसै पालिकाको वडामा नेपाली कांग्रेसका उम्मेदवारको वडा सदस्यमा मत फरक हूदा पुन गणना गरियो तर मैले पुन गणनाको माँग गर्दा हुदैन भने मुख्य निर्वाचन अधिकृत अरुण कोइरालाकाले बताए । यो निर्वाचन अधिकृत पूरै सरकारबादी भएको उनले बताए ।
यो निर्वाचन कार्यलय अधिकृत पूरै नेपाली कांग्रेससंग मिलेको उनीहरुको साटघाटमा पुनः गणना नगरेको उनले बताए । यो अधिकृत भ्रष्टचारमा लिप्त रहेको र यो अधिकृत कांग्रेससंग बिकेको उनले बताए । साथै समयमा पुनः गणना गरिएन भने स्तिथि भयावक हुने र बाध्य भएर निर्वाचन अधिकृत बिरुध आन्दोलन गरिने र यसमा हुने पूरै छतीपूर्तिको ज़िम्मा निर्वाचनको कार्यलयले लिनुपर्ने उनले बताए ।
मुख्य निर्वाचन अधिकृत अरुण कोइरालाका अनुसार , काँग्रेसका चौरसीयाले ११८५ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जोलाहाले ११८४ मत पाएका छन् ।अघी भएको पूरै गणनामा उहाँहरुले सहीछाप गरी माने अंतिममा नमानेको र मतगणना स्थलबाट एकाएक भागेको कुरा उहाँले बताए । गणना भईसके तुरंतै पुन गणना गर्नु पर्ने माँग गरेको भए पुन गणना हुन थियो तर उहाँहरुले भन्नु भएन ।गणना भई पुरै मतपत्र राखी शीलमोहर गरी राखेको खण्डमा हामीले गणना गर्ने नमिलने उहाँले बताए । उहाँहरुले ढीलो आऊनु भयो । अब पुन गणनाको लागी अदालत बाटै आऊनु पर्ने भएकोले यसमा मैले केही गर्न नसकिने उनले बताए र म कसैको दबाव अथवा लोभलालचमा नपरी निषपक्ष तारिकले गणना गराएको बताए ।