टुडेवाणी,सलिना मगर,सर्लाही ,जेष्ठ २ गते ।
सर्लाहीको रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी भएको छन। बिजय हासिल गरेका रामबाबु यादब भर्खरै २२ बर्ष मात्रै भएका छन।उनले ४ हजार ८१ मत ल्याएर बिजय हुनुभएको सूचना रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिनुभयो थियो। यादवका प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरेका थिए। यादबले उक्त रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका हरिनन्दन प्रसाद यादब आफ्नै काकालाई दोब्बर मतले हराउन सफल भएका छन।
त्यस रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गिता देवी साहले ३५२३ मत ल्याएर विजयी हुनुभएकी छन । उहाकै प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरेकी हुन।
२०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेद्वारी खारेजीमा परेको थियो । रामनगर गाउँपालिका गरी सर्लाहीमा तिन पालिकाको नतिजा सार्वजनिक भएको छ ।