टुडेवाणी,सलिना मगर,सर्लाही ,जेष्ठ २ गते । सर्लाही,जिल्लाको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल पँजियार निर्वाचित भएका छन।
(नेकपा:माओवादी)केन्द्रका सुनिल बुढाथोकीलाई करीब तीन हजार मतान्तरले पराजित गर्दै पँजियार विजयी हुन।
गोपाल पँजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा माओवादी तर्फ सुनिल बुढाथोकीले तीन हजार ८८७ प्राप्त गरेका थिए। गोपाल पँजियार लालबन्दीमा रहेको एभरेष्ट एकेडेमी तथा अक्सफोर्ड एकेडेमीका सञ्चालक समेत रहेका छन।
नगरपालिकामा नेकपा एमाले दुई हजार २०० सय मतसहित चौथो भएको छ। तेस्रोमा पूर्व मेयर समेत रहेका नेकपा (एकीकृत समाजवादी) जमरुद्दीन अन्सारी दुई हजार ८०५ मसहित तेस्रो भए।