LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

लालबन्दीका तीनवडाको मतगणना सम्पन्न,वडा नम्बर २ मा माओवादी र ३ र ४ मा कांग्रेस विजयी_

टुडेवाणी,वीरगन्ज,२ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकाका ३ वटा वडाको मतगणना सकिएको छ । लालबन्दी नगरपालिका २ मा नेकपा(माओवादी केन्द्र),लालबन्दी नगरपालिका ३ मा नेपाली कांग्रेस र लालबन्दी नगरपालिका ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरु विजयी भएका छन् ।
लालबन्दी नगरपालिका २ मा माओवादी केन्द्रको तर्फबाट किरण पासवना,लालबन्दी नगरपालिका ३ मा कांग्रेसको तर्फबाट बुद्धदेव चौधरी लालबन्दी नगरपालिका ४ मा कांग्रेसको तर्फबाट सत्यनारायण चौधरी(शशी) विजयी भएका छन। आईतबार दिउँसो सार्वजनिक गरिएको मतगणना विवरणमा तीनवटा वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु विजयी भएका हुन । लालबन्दी २ का वडा अध्यक्ष पासवान २०७४ सालको निर्वाचनमा पनि लालबन्दी २ बाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए । भने, लालबन्दी ३ र ४ बाट विजयी भएका वडा अध्यक्षहरु नयाँ निर्वाचित भएका हुन ।
लालबन्दी २ बाट वडा अध्यक्ष विजयी भएका पासवानले नेपाली कांग्रेसका इस्तीलाल पासवानलाई २ सय ८ मतान्तरले पराजीत गरेका हुन । उनले एक हजार २९ मत पाएका छन् । भने इस्तीलालले ८ सय २१ मत ल्याएका छन् । र उनको वडामा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदका उममेदवार थिर बहादुर खड्का विजयी भएका छन् ।
भने लालबन्दी नगरपालिका ३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका बुद्धदेव चौधरी विजयी भएका छन् । चौधरीले ४ सय ९७ मत ल्याए भने निकतम प्रतिद्धन्दी एमालेका योगेन्द्र चौधरीले ४ सय ७१ मत पाएका छन् । लालबन्दी ३ मा महिला सदस्य २ जना एमालेका र २ जना सदस्य कांग्रेसबाट विजयी भएका हुन् ।
त्यसैगरी लालबन्दी नगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सत्यनारायण चौधरी(शशी) विजयी भएका छन् । लालबन्दी नगरपालिका ४ मा कांग्रेसका चौधरी नेतृत्वको प्यानल नै विजयी भएको हो ।
चौधरीले ७ सय ८३ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्धन्दी एमालेका वीजय प्रसाद घिमिरेले ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । विजयी भएका वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृतको कार्यालय लालबन्दी अगाडीबाट आ आफ्ना नेता तथा कार्यकर्ताहरुले अविर माला सहित धुमधामका साथ आफ्नो वडा तर्फ लगेका छन्

प्रतिक्रिया
सम्बन्धित खवर