टुडेवाणी,जेष्ठ १,धनुषा: धनुषाको मिथिला नगरपालिका वाडा नम्बर–१ मा नेपाली काँग्रेस वडाध्यक्ष पदका उम्मेदवार प्यानलसहित बिजय भएका छन् ।
मिथिला न.पा–१ मा नेपाली काँग्रेसका जोगी महतो ७७ मतको अन्तरले वडा अध्यक्षमा बिजय भएका छन।
नेपाली काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका महतोले ७३५ मत ल्याएर प्यानल सहित बिजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका छन् ।