LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

रौतहट प्रमुख अधिकारी शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दिपेश कुमार शाह /रौतहट /३०गते

रौतहटको पाँच ठाउँमा मतदान स्थगित भएका छन । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित भएको र सबै ठाउँमा विवाद सल्टाउने तयारी भइरहेको बताएका छन्।

फतुवा विजयपुर नगरपालिका ७ मा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको छ। यसैगरी गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा उग्र विवादपछि भएको झडपका कारण स्थगित मतदान अझै सुचारु हुन सकेको छैन।

पुनः मतदानको लागि सहमतिको प्रयास भइरहेको गढीमाई नगरपालिकाका निर्वाचन अधिकृत रामानन्द प्रसाद अधिकारीले जनाएका छन्। यसैगरी यमुनामाई १ मा पनि विवादका कारण मतदान स्थगित भएको छ।

रौतहटकै बौद्धिमाई नगरपालिका २ इनरबारीमा पनि मतदान स्थगित भएको छ। जिल्लाको अन्य ठाउँमा पनि मतदानको क्रममा सामान्य विवाद र तनाव हुँदै मतदान भइरहेको छ। अहिलेसम्म जिल्लामा करिब ४५ प्रतिशत मतदान भइसकेको स्रोतको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित खवर