टुडेवाणी,डेस्क,बैशाख ३० रौतहट :
रौतहटको यमुनामाई गाउँपालिका २ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन्।
अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए।
उनका अनुसार एउटा मतपेटिका लिएर स्थानीयले भागेका थिए।
प्रहरीले लखेटेर मतपेटिका नियन्त्रणमा लिएको थियो।