टुडेवाणी,डेस्क,बैशाख ३० धनुषा :
धनुषा जिल्लाको सबैला मतदान केन्द्रमा एक पक्रकार मथि हातपात भएको छ ।
सबैला नगरपालिकाको वडा नम्बर १ स्थित श्री मदन आश्रीत न.मा.वि मतदानस्थलमा मधेश २४ डटकमका पत्रकार अयुब हुसैन माथी एमालेका उम्मेदवारको प्यानलद्वारा हातपात गरेका हो ।
मतदानस्थलमा पत्रकार हुसेनले रिपोर्टिङ गर्ने क्रममा एमालेका उम्मेदवार कपिल राउत गडेरी र उनका प्यानल कार्यकर्ताद्वारा मतदान केन्द्र भित्र जान रोक र प्रेस कार्ड फाल्ने प्रयास गरेर कुटपिट गरेका थिए ।
समाचार संकलनका लागि कुनै पनि सुरक्षाकर्मीद्वारा हस्तक्षेप नभएको र एमालेका कार्यकर्ताले हातपात गरेको पत्रकार हुसैनले बताए ।