टुडेवाणी,डेस्क,बैशाख २९सर्लाही:
एमाले नेता एवं मधेश प्रदेश कमिटिका उपाध्यक्ष रेवति पन्तको गाडि तोडफोडको प्रयास भएको छ । बुधवार राति सर्लाहीको बागमति १२ स्थित आफ्नै घर अगाडि पाकिङ गरि राखेको प्र.०१–०२५ च ०१०३ गाडिमा एक समुहले रड प्रहार गर्दै तोडफोडको प्रयास गरेको पन्तले बताउनुभयो ।
उहाँका अनुसार राती हो–हल्ला गर्दै हिँडेको एक समुहलाई यसरी किन हिँडेको, घर घर जाउ भनि पठाएको र सोहि समुह पुनः फर्केर आई आफ्नो गाडिमा रडले हानेका हुन ।
रड प्रहारबाट पन्तको गाडिको अगाडिको सिसा फुटेको चालक मदन रायले बताउनुभयो । सो समुहको खोजी भईरहेको बागमती प्रहरीले जनाएको छ ।