टुडेवाणी,डेस्क,बैशाख २९:
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक युवक आफ्नै कोठामा झुण्डिको अवस्थामा फेला परेका छन् ।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ (मुजेलियाभन्दा उत्तर) रहेको एक प्लाष्टिक पाईप फ्याक्ट्रीमा काम गर्ने एक कामदारले आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।
बुधबार दिउँसै फ्याक्ट्रीभित्रै रहेको क्वाटरमा श्रीमति र छोरासँगै बस्दै आएका मधेश प्रदेशको पर्सा जिल्ला वीरगँज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने अन्दाजी बर्ष ४० को सँदेश सिँह झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार, विरगँजतर्फ रहेको उनको दिदीको छोरीको बिहेमा उनलाई नबोलाएपछि झुण्डिएको हो ।
श्रीमति र छोरा बाहिर लुडो खेलिरहेको अवस्थामा सिँह क्वाटरभित्रै खाजा रक्सी खाँदै बसेका थिए । उनको दिदीले छोरीको बिहेमा नबोलाएपछि उनी दुई दिनदेखि नै पीडा श्रीमतिसँग पोख्दै आएका थिए ।
मुजेलियादेखि उत्तरतर्फ रहेको जानकी प्लाष्टिक उद्योगमा कार्यरत सिँहले बुधबार करिब ४ बजेको समयमा क्वाटरभित्रै झुण्डिएको प्रहरीले जनाएको छ ।
श्रीमति र छोरा बाहिर खेल्दै गर्दा उनी घरको चुकुल लगाएर झुण्डिएको अवस्थामा देखिए । झयालबाट हेर्दा त्यतिबेलासम्म झुण्डिएर उनको मृत्यू भईसकेको थियो ।
यता, फ्याक्ट्री मालिकले उनलाई समयमा पैसा नदिँदा तनावको कारणले त्यस्तो गरेको हुन सक्ने आरोपलाई प्रहरीले निराधार बताएका छन् । उनले परिवारिक समस्या र आन्तरिक कलहको कारणले यस्तो गरेको उनको श्रीमतिलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।