LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

पाँच किलो गाँजासहित धनुषाबाट एक युवक पक्राउ

टुडेवाणी,डेस्क,बैशाख २२,धनुषा –  धनुषाबाट प्रतिबन्धित ५ किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ३१ वर्षीय किसुनदेव यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई बरमझियाबाट प्र.२-०३-०१९ प १९४२ नम्बरको मोटरसाइकलमा डुमरिया तर्फ जाने क्रममा उनलाई धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरबाट चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरेको हो ।

उनले पिठ्युमा बोकेको झोलामा राखेको पाँच किलो गाँजा बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर