टुडेवाणी,डेस्क,बैशाख २२,धनुषा – धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ मा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गंगा बलम्पाकी घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । आउदो बैशाख ३०गते हुने स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घर घरमा पुगेर भोट माग्न थालेका हुन् ।
मिथिला नगरपालिका वडा नम्बर ८ लाई गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगारसहित,महिला सस्क्तिकरनका लागि आफ्नो एजेन्डा रहेको उम्मेदवार बलम्पकिले बताए ।
बिगता मिथिला नगरपालिकाको वडा नम्बर ८ मा व्यतिथि तथा समाज परिवर्तनको लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले जिताउनेमा विश्वस्त रहेकोे उनको तर्क छ ।