LIVE NEWS
राष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाहीकुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थसप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिमनियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

देशको विकासका लागि एमालेले जित्नै पर्छ: एमाले अध्यक्ष ओली

टुडेवाणी, डेस्क, बैशाख २० झापा: पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । उहाँ आज बिहान काठमाडौँबाट झापा आउनुभएको हो । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उहाँ अपराह्न मेचीनगरको धुलाबारी आउनुभएको हो ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उहाँले मेचीनगरबासीलाई आह्वान गर्नुभयो । उहाँले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो । गोठालो खबर

प्रतिक्रिया
सम्बन्धित खवर