टुडेवाणी, डेस्क, बैशाख २० धनुषा:
धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्रको घरदैलो कार्यक्रम तीव्र पारेको छ । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिथिला नगरपालिमा वाडा नम्बर ८ मा माओवादी केन्द्रको वाडा अध्यक्षको उम्मेदवार गंगा बलम्पाकी लाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।
मिथिला नगरपालिका वडा नं. ८ को वडा अध्यक्षको उम्मेदवार गंगा बलम्पाकी सहित सम्पुर्ण प्यानललाई जिताउन माओवादीलाई मतदान गर्न अपिल गरेका छन् ।
मिथिला नगरपालिका वडा नं.८ कुसुमबिछौना बाट सुरु भएको घरदैलो अभियान वडाबासीको घरघरमा पुगेर माओवादीलाई जिताउन आग्रह गरेका छन।
शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित शहरीकरण सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि माओवादी जित्नुको विकल्प नरहेको मतदाताहरुले बताए।
घरदैलो कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकता, वडा अध्यक्ष सहित वडा सदस्यकहरुका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।