LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट बरिष्ठ प्रहरी हवलदारको मृत्यु

टुडेवाणी,डेस्क,बैशाख २०,धनुषा:
धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक प्रहरी बरिष्ठ हवलदारको मृत्यु भएको छ । गएराति नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी बरिष्ठ हवलदार भोजराज पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल आउँदै गरेका बरिष्ठ हवलदार पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

सोमवार ढल्केवर चोकमा चेक प्वाइन्टबाट ड्युटी सकाएर ईलाका प्रहरी कार्यालय तर्फ पैदल जाँदै गरेका उनलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाउने काम भइरहेको प्रहरी निरीक्षक सिंहले जनाए ।

‘ठक्कर दिने गाडीको पहिचान गर्न हामी लागिपरेका छौं । अनुसन्धान भइरहेको छ । सिसी क्यामेरामा ठुलो गाडी देखिएको छ । ट्रक वा मालबाहक ट्यांकर हुनसक्ने हामीले अनुमान गरेका छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५ स्थायी घर भएका बरिष्ठ हवलदार पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए ।

मृतकको शव पोस्मार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अन्नपूर्णपोष्ट

प्रतिक्रिया
सम्बन्धित खवर