LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

बुद्ध जयन्तीमा मोदी नेपाल आउने तयारी

टुडेवाणी,डेस्क,बैशाख २०,काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।

तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर