LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

बुद्ध जयन्तीमा मोदी नेपाल आउने तयारी

टुडेवाणी,डेस्क,बैशाख २०,काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।

तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर