टुडेवाणी,डेस्क,बैशाख १८,धनुषा:
धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्रको घरदैलो कार्यक्रम शुरु गरेको छ । माओवादी केन्द्र मिथिला नगरपालिकाको वडा नं. ७ बाट घरदैलो कार्यक्रम शुरु गरेको हो ।
माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार राम कुमार महतो, अगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ् र उपमेयरमा मनुमाया मोक्तानसहित गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई मतदान गर्न उम्मेदवार महतो जनताको घरदैलोमा पुग्न थालेका छन।
तथा पार्टीका स्थानीय नेताकार्यकर्ताको घरदैलो कार्यक्रममा जिल्ला, नगर तथा स्थानीय नेताकार्यकर्ता उत्साहजनक उपस्थिति रहेको छ ।
उनले घरदैलो अभियानसंगै चुनावी प्रचार प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।