टुडेवाणी,बैशाख १६ रसुवा : रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।
सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन् । घरमा आगलागीसमेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।