LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

महोत्तरी : पार्टीको टिकटमा परिवारबादको मोह

धनवीर महतो
बैशाख १५ गते, महोत्तरी । अगामी वैशाख ३० गते हुन लागेको स्थानियतहको निर्वाचनमा महोत्तरीमा परिवारवाद प्रत्यक्षरुपमा हावी भएको पाईएको छ । पार्टीको शिर्षतहमा नेतृत्व गर्दै आएका व्यक्तित्वहरुले आफ्नो नातेदार तथा परिवारका सदस्यलाई पार्टीको तर्फबाट टिकट उपलब्ध गराएर चुनावी प्रतिस्पर्धामा उतारिएको पाईएको छ ।

निर्वाचन आयोगको कार्यालयका अनुसार यसरी टिकट पाएर मनोनयन दर्ता गराउनेमा छोरा, भाईवुहारी, सम्धी, भतिजा रहेका छन् । जसले गर्दा अन्य पार्टीका कार्यकर्ताहरु असन्तुष्ट भई पार्टीबाटै राजिनामा दिएर स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा  एमालेका केन्द्रिय सदस्य दिपनारायण साहले आफ्नी वुहारी मिनाक्षी साहलाई सम्सी गाँउपालिकाका उपप्रमुखका लागि टिकट दिलाएकी हुन । यसभन्दा अगाडिको निर्वाचनमा प्रतिस्पर्धामा उतारेतापनि वुहारी मिनाक्षी हार व्यहोरेका थिए ।

सम्सी गाँउपालिकामै जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष पदका लागि रामनाथ यादवले उम्मेदवारी दिएका छन् । रामनाथ यादव, संघीय सरकारका कृषिमन्त्री एवम जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र राय यादवका सम्धी हुन ।

सोही पालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका ईन्जिनियर शहवाज हैदर पार्टीका केन्द्रिय सदस्य रजि हैदर छोरा रहेका छन् । रजि हैदरले पहिलोपटक छोरालाई राजनितीक पेशामा उत्रारेका छन् ।

यता, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतोले आफनो छोरा डा दिपेन्द्र महतोलाई गौशाला नगरपालिकाको मेयर पदका लागि मनोनयन दर्ता गराएका छन् । चिकित्सक शिक्षामा एमडी गरेका दिपेन्द्र यसपटक वुवाको सहयोगमा गौशाला नगरपालिकाको मेयरको वागडोर सम्हाल्नका लागि चुनावी अखाडामा उत्रिएका छन् ।

गौशाला नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट जनकदुलारी साहले उपप्रमुखको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन । जनकदुलारी पार्टीका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहका भाई वुहारी हुन् । गृहणी रहेकी जनकदुलारीलाई मन्त्री साहले राजनितीकक्षेत्रमा ईन्ट्री गराएका हुन । त्यस्तै गौशाला नगरपालिकाका मेयर पदका लागि वसन्त गुरुगंले पनि मनोनयन दर्ता गराएका हुन । गुरुगं पार्टीका केन्द्रिय सदस्य कल्याण गुरुगंका वुवा हुन ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र राय यादवका भतिजा सुनिल कुमार यादव दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका हुन । सुनिलले २०७४ मा निर्वाचित भई पहिलो कार्यकाल विताईसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर